डोभालको रुस भ्रमणको गति

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल फेब्रुअरी ०७ देखि ०९ सम्म दुईदिने राजकीय भ्रमणका लागि रुसको मस्को गएका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको छ । भेटमा डोभालले अफगानिस्तानको भूभाग आतंकवाद निर्यात गर्न कुनै पनि देशलाई प्रयोग गर्न दिन नहुने बताए । उनले जोड दिए कि भारतले अफगान जनतालाई उनीहरूको आवश्यकताको घडीमा कहिल्यै छोड्ने छैन। स्रोतका अनुसार भेटमा दुई देशले आफ्नो रणनीतिक साझेदारीलाई कार्यान्वयन गर्न सहमत भएका छन् । मस्कोस्थित भारतीय दूतावासले भेटको विस्तृत विवरण नखुलेपनि यस भेटमा क्षेत्रीय र द्विपक्षीय विषयमा छलफल भएको थियो ।

यस भेटबारे भारतीय दूतावासले ट्वीट गर्दै भनेको छ, ‘राष्ट्रपति पुटिनसँग राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटे । उनीहरुबीच द्विपक्षीय र क्षेत्रीय विषयमा विस्तृत छलफल भएको थियो । भारत-रूस रणनीतिक साझेदारीको कार्यान्वयनमा काम जारी राख्न सहमत भएका छन्।’ डोभालले बुधबारदेखि रुसको दुईदिने भ्रमण सुरु गरेका छन् । सोमबार नयाँ दिल्लीका लागि रुसी राजदूत डेनिस अलीपोभले रुसले भारतसँगको सम्बन्धलाई विविधीकरण गर्न चाहेको बताए ।

राष्ट्रिय सुरक्षा सल्लाहकारको मस्को भ्रमण हुनुभन्दा तीन महिनाअघि विदेशमन्त्री एस जयशंकरले रुसको भ्रमण गरेका थिए। त्यहाँ दुई पक्षले आफ्नो समय-परीक्षण साझेदारीको बारेमा छलफल गरे। यसका साथै रुसबाट पेट्रोलियम पदार्थ आयातलगायतका विषयमा दुई देशबीच भेटवार्ता भएको छ । बुधबार डोभाल रुसले आयोजना गरेको अफगानिस्तानका लागि सुरक्षा परिषद्का सचिवहरूको पाँचौं बैठकमा सहभागी भएका थिए। उक्त बैठकमा इरान, काजाकिस्तान, किर्गिस्तान, चीन, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका प्रतिनिधि सहभागी थिए।

केही सातापछि नयाँ दिल्लीमा जी २० समूहका देशका विदेशमन्त्रीहरूको बैठक बस्दैछ। बैठकमा भाग लिन मस्कोको प्रतिनिधिका रूपमा सेर्गेई लाभरोभ भारत आउने आशा नयाँ दिल्लीले गरेको छ। नयाँ दिल्ली पनि मार्च १ र २ मा बैठकको लागि उत्सुक छ। किनभने युक्रेनमा रुसको आक्रमणले सारा विश्वलाई विभाजित गरेको छ । भारतसँग रुसको सम्बन्ध अझै बलियो छ ।

यसबारे युरोप र अमेरिकाले असहजता व्यक्त गरे पनि पछिल्ला केही महिनामा भारतमा रुसी कच्चा तेलको आयात निकै बढेको छ । यति मात्र होइन, युक्रेनमा रुसको आक्रमणको भारतले अहिलेसम्म निन्दा गरेको छैन । कूटनीतिक माध्यमबाट संकट समाधान हुने दाबी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *