कैलाली । धनगढीमा क्यान इन्फोटेक सञ्चालनमा हुने भएको छ ।
कम्प्युटर एशोशियसन नेपाल (क्यान) कैलालीले धनगढीमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) २०२३ दोश्रो संस्करण फागुन १६ गते देखि २० गते सम्म सञ्चालन हुने भएको हो । पहिलो इन्फोटेक भएको सात वर्षपछि क्यान कैलालीले दोश्रो संस्करणको आयोजना गर्न लागेको हो ।
मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साईबर सेक्युरेटि सम्बन्धी जानकारी दिइने क्यान कैलालीका अध्यक्ष यज्ञराज ओझाले बताउनुभयो ।
इन्फोटेक मेला मुल संयोजक नरेशसिंह धामीका अनुसार देश विदेशमा भित्रिएका नविनतम प्रविधिको बारेमा मेलामा जानकारी दिइने छ । त्यसैगरी सबै प्रकारका प्रविधिहरूको एउटै ठाउँमा प्रदर्शनी गरिने छ ।
यसका साथै प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमिनारको पनि आयोजना गरिने छ । संयोजक धामीका अनुसार सूचना प्रविधि मेलामा साइबर सुरक्षाबारेमा पनि जानकारी गराइने छ ।
प्रविधिको प्रयोगसँगै बालबालिकाहरू मोबाइल तथा कम्यूटरमा बढी समय व्यतित गर्ने गरेको अवस्थामा उनीहरूलाई गलत बाटोमा जानबाट कसरी रोक्ने भन्ने बारेमा पनि मेलामा जानकारी गराइने इन्फोटेक २०२३ का निर्देशक टेकराज पनेरूले बताउनु भयो ।
यसअघि २०१६ मा धनगढी स्थित ओम प्यालेसमा सूचना प्रविधि मेला सञ्चालन भएको थियो । २०२० मा भने कोरोना संक्रमणका कारण मेला स्थगित गरिएको थियो ।