सशस्त्र प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना मध्ये ३ जना वरिष्ठ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सोमबार आयोजित एक समारोहका बीच अर्यालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।

समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पदोन्नती भएका सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना दिनुभयो । उहाँले आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरेपनि क्षम्य नहुने उल्लेख गर्नुहुँदै समाजका सबै तहले कामको मुल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरुलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप जिम्मेवारी दिईएको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालमा पहिलो व्याचको रुपमा नयाँ भर्ना भएका अधिकृतहरु पदोन्नती भएकोले यो एउटा ऐतिहासिक पदोन्नती भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *