गठबन्धनको बैठकअघि बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुटन नसकेको बेला दुई नेताबीच आइतबार बिहान छलफल भएको हो

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा आन्तरिक छलफल गरेर आजसम्म सिट बाँडफाँट संख्या टुंग्याउने नेताहरुले बताएका थिए । आज बस्ने गठबन्धनको बैठकमार्फत संघ र प्रदेशको सिट संख्या टुग्याएर अघि बढ्ने अध्यक्ष प्रचण्डले नै बताएका थिए । दुई नेताको छलफलपछि कार्यदल र गठबन्धनको बैठक बस्ने बताइए पनि समय तय भैनसकेको नेताहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *