काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी तनहुँबासीमा आएको बताउनुभएको छ ।
तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशी, विदेशी निकायले लोकतन्त्रलाई हराउने प्रयासमा रहेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
लोकतान्त्रिक पद्धतिको उपयोग गरी देशको विकास र लोकतन्त्रको संरक्षण गर्ने प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । “तनहुँवासी अहिले भ्रममा परेर अल्मलिने समय होइन, एक पटकको गल्तीले वर्षौँको विकास निर्माणलाई प्रभावित बनाउँछ”, उपसभापति गुरुङले भन्नुभयो, “दोधार नभएर सुन र पित्तल चिन्नुपर्छ ।” उहाँले दोधार नभइ लोकतन्त्रको संरक्षण गर्ने व्यक्तिको छनोट गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।