प्रधानन्यायाधीश नियुक्तिकाे प्रक्रिया अघि बढाउन प्रमुख ३ दलबीच सहमति

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

साेमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकाेटमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको हाे । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएकाे बैठकमा सहभागी एक नेताले बताए ।

सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको भन्दै न्यायपालिका लामो समय यो स्थितिमा रहनु हुँदैन भनेर प्रधानमन्त्री दाहालले छिट्टो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव राखेको ति नेताले बताएका हुन् । सोही प्रस्तावमा संवैधानिक परिषदको बैठक बोलाएर नियुक्ति प्रक्रिया अघि बढाउने जनाइएकाे छ ।

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि अघि बढाउने विषयमा पनि छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *