नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन्।
उपनिर्वाचनको मतपरिणाम आएपछि शर्माले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रतिनिधि सभा उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये चितवन २ र तनहुँ १ रास्वपाले तथा बारा २ जसपाले जितेका छन्। तनहुँमा यसअघि नेपाली कांग्रेसले जितेको थियो ।
महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ। देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ। नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी।’ मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताएका छन्।