प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ । बिहान ११ बजेका लागि तय भएको बैठकमा आर्थिक वर्ष २०८०–०८१ को बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने कार्यसूची तय गरिएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले यसबारेमा तीन दिनसम्म छलफल चलाउने निर्णय भएको थियो । सोहीअनुसार आइतबारको प्रतिनिधिसभामा अर्थमन्त्री डा प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बजेटका सिद्धान्त र प्राथमिकतामाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने जनाइएको छ । छलफलको अन्तिम दिन अर्थात वैशाख २७ गते अर्थमन्त्री महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।