जुम्लामा ‘खाना महोत्सव’ सुरु

सोमबारदेखि जुम्लाको सिंजा गाउँपालिकामा खाना महोत्सव सुरु भएको छ।

गाउँपालिकाको सदरमुकामा अवस्थित नराकोट बजारमा खाना परिकार महोत्सव सुरु भएको हो। मंगलबारसम्म संस्कृति प्रर्वद्वन कार्यक्रम परम्परागत सांस्कृतिक खाना महोत्सव हुनेछ।

महोत्सवमा विभिन्न लोपोन्मुख खाना तथा खाजाका परिकार र पेय पदार्थहरूको स्टल राखिएको छ। महोत्सव उद्घाटन गर्नुअघि स्थानीयले मैलिक रैथाने पोसाक र सांस्कृतिक बाजा गाजासहित बजार परिक्रमा गरेका थिए। बाजा गाजा सँगै बजार परिक्रमापछि कार्यक्रम स्थल पुगेको हो

संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्य छ। यस्तो महोत्सवले परम्परागत र लोपोन्मुख खानाका परिकारको बचाउ र विकास गर्नुका साथै सिंजा सभ्यताको पहिचान स्थापित गर्न मद्दत गर्ने सिंजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले बताइन्।

खाना परिकारसँगै लोप हुँदै गएको संस्कार र संकृतिको जगेर्ना गर्नुका साथै पर्यटन विकास र स्थानीय व्यापार व्यवसाय प्रवर्द्धन हुने उनको भनाई थियो।

महोत्सवले सिंजामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने भएकाले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर गर्दै जानु पर्ने उनले बताइन्। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतले महोत्सव सफलताको शुभकामना मन्तव्य दिएका थिए।

दुई दिन चल्ने महोत्सवमा विभिन्न परिकारहरुका स्टलहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्। जसमा कोदाको रोटी, कोदाको सेल रोटी, फापरको केक, फापरको चिया, फापरको कफी, मकैको केक स्थानीय मकैको खाना,स्थानीय जौको रोटी, कागुनोको खिर, मकै, भटमासका खाजा, आलु,फापरको रोटी (लगड) सिमीको गेडागुडी (कोल) लगायत खानाका परिकारहरु छन्। महोत्सवमा फरक फरक परिकारका स्टलहरू राखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *