नागरिकता संर्घष समितिका अध्यक्ष साफीसहित चारै दाजुभाइले पाए नागरिकता

नागरिकता प्राप्तिका लागि संघर्ष गर्दै आएका नागरिकता संघर्ष समितिका अध्यक्ष इन्जिनियर इन्द्रजित साफीसहित चार दाजुभाइले नागरिकता प्राप्त गरेका छन्।

आमाबुबासँग जन्मसिद्धका नागरिकता भएका कारण उनी नागरिकता पाउन सकेका थिएनन्। नागरिकता नपाएर लामो समयदेखि संघर्ष गरिरहेका इन्द्रजितका चारै दाजुभाइले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा पुगी वंशजको नागरिकता पाएका हुन्।

१ वर्षीय इन्द्रजित, २९ वर्षीय रञ्जित साफी, २२ वर्षीय छोटु साफी र २१ वर्षीय रविन साफीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार नागरिकता उपलब्ध गराएको हो।

धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ भरतपुर घर भएका इन्द्रजितले ३१ वर्षको उमेरमा नागरिकता पाएका हुन्। इन्द्रजितका आमा सोनावती चारछोराहरु लिएर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिए।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकता हस्तान्तरण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *