आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात परेको छ।
नेदरल्यान्ड्सका विक्रमजित सिंहलाई नेपालका सन्दिप लामिछानेले एलविडब्लुको सिकार बनाए।
ताजा अवस्थामा नेदरल्यान्ड्सले १४ ओभरमा एक विकेटको क्षतिमा ९० रन बनाइसकेको छ। नेदरल्यान्ड्सले नेपालमाथी चौका र छक्काको वर्षा गराइरहेको छ। ९० रन जोड्ने क्रममा नेदरल्यान्ड्सले आठ चौका र पाँच छक्का प्रहार गरेको छ। नेदरल्यान्ड्सका म्याक्स ओ डाउडले ६० रन बनाएका छन्।