नुवाकोटको विदुरमा भोली “असारे घाँसे गीत प्रतियोगिता” हुँदै

नुवाकोट । २० औं राष्ट्रिय धान दिवसको अवसरमा भोली असार १५ गते खुला असारे घाँसे गीत प्रतियोगिता हुने भएको छ । रसुवाको रेडियो लाङटाङ र जन जागृत युवा क्लबको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

विदुर नगरपालिका वडा नम्बर ७ को तुप्चेको कर्मेटारमा नुवाकोट र रसुवा जिल्लाव्यापी घाँसे गित दोहोरी प्रतियोगिता सहित हिले दौड, हिले फुटबल, डोरि तान्ने खेल लगायत रास्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति, विद्यार्थीलाई छात्रवृत्ति वितरण पनि हुने क्लबका अध्यक्ष राजकुमार रिजालले जानकारी दिए । अध्यक्ष रिजालका अनुसार उक्त प्रतियोगितामा पन्चे बाजाको प्रस्तुतीका साथै दहि चिउरा खाने कार्यक्रम पनि रहेको छ ।

प्रतियोगितामा आमा समुह, युवा समुह र क्लबहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा पुरस्कार प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले नगद सहित प्रमाणपत्र प्राप्त गर्ने रेडियो लाङटाङका सचिव गीता न्यौपानेले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *