काठमाडौं, ११ असोज । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुने भएको छ ।
पार्टी मुख्यालय च्यासलमा हुने मतदान बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा रहेको एमालेले जनाएको छ ।
नेतृत्व चयनका लागि सहमतिको प्रयास पनि भइरहेको एमालेले जनाएको छ ।
निर्वाचनले पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।
अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, नुवाकोटका केशवराज पाण्डे, रामेछापका केशबहादुर बुढाथोकी र काठमाडौंका सानुकुमार श्रेष्ठको उम्मेदवारी रहेको छ ।
यी हुन् पदाधिकारीका उम्मेदवारहरूः
एक अध्यक्षका लागि
कृष्णप्रसाद दाहाल
कैलाश ढुंगेल
केशवराज पाण्डे
केशबहादुर बुढाथोकी
सानुकुमार श्रेष्ठ
एक उपाध्यक्षका लागि
सुवासचन्द्र ठकुरी
दावादोर्जे लामा
इश्वरचन्द्र पोखरेल
नारायणप्रसाद खतिवडा
राजेन्द्र राजथला
एक सचिवका लागि
रत्ना गुरुङ
नवराज सिलवाल
हस्त पण्डित
राजकुमार अधिकारी
दुई उपसचिवका लागि
डबल पाण्डे
टासी लामा
ओमराज पन्त
खड्गबहादुर खत्री
गंगादेवी श्रेष्ठ
भक्तकुमारी लामा
ठाकुरप्रसाद गजुरेल
कृष्णहरि थापा
रमेश महर्जन
प्रेमबहादुर महर्जन
राजेन्द्र श्रेष्ठ
रिता गौतम ढकाल