गणतन्त्रका दिन आमाको उपचारमा हिडेका ती खाली खुट्टा

आज १५ औँ गणतन्त्र दिवस ! दिवसको अवसरमा संघीय राजधानीको मुटु टुँडिखेलमा भव्य कार्यक्रम भइरहेको थियो। नेपाल टेलिकमले पनि आफ्ना सोमबार बिहानैदेखि मोबाइल कलहरूमा ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ बोलको गीत रिङ टोनका रूपमा बजाइरहेको थियो।

मोबाइलमा ‘गणतन्त्र प्राप्तिपछिका उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्‍याउन हातेमालो गरौँ’ भन्दै शुभकामना पनि आइरहेकै थिए। टुँडिखेलको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालदेखि सबै मन्त्रीहरु ठुला ओहदाका मान्यजनहरू सहभागी थिए भने झन्डै त्यत्तिकै बेला सोमबार बिहान ९ बजे तीर मधेसको एउटा परिवार पङ्क्तिकारको बुढानीलकण्ठ नगरपालिका हात्तिगौंडास्थित घर आएको थियो।

करिब तीन/चार वर्षकी एउटी बालिका जो खाली खुट्टा थिइन। पाँच/छ वर्षको एउटा बालक, उनको खुट्टामा पनि जुत्ता चप्पल थिएन। उनीहरुको साथमा थिइन, बालिकाकी आमा र बालककी दिदी। ती बालक घरको ढोकामा उभिएर बारम्बार घण्टीको स्विच थिचिरहेका थिए।

टुँडिखेलको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालदेखि सबै मन्त्रीहरु ठुला ओहदाका मान्यजनहरू सहभागी थिए भने झन्डै त्यत्तिकै बेला सोमबार बिहान ९ बजे तीर मधेसको एउटा परिवार पङ्क्तिकारको बुढानीलकण्ठ नगरपालिका हात्तिगौंडास्थित घर आएको थियो।

जब पङ्क्तिकारले ढोका खोले उनले भन्दै थिए, ‘चितवन, भरतपुर अस्पतालमा आमा हुनुहुन्छ। त्यहाँ उनको क्यान्सरको उपचार भइरहेको छ। पैसा छैन। सहयोग गर्नुहोस्।’ एउटा अबोध बालक आमाको क्यान्सर रोगको उपचारका लागि एका बिहानै राजधानीका घरघर चहार्दै हिँड्नु परेको छ। संयोगवश उनी गणतन्त्र दिवसकै दिन पङ्क्तिकारको घरमा आइपुगेका थिए।

अनि ती बालकले साथमा रहेको लेमिनेशन गरेको एउटा पत्र निकाले। सर्लाही जिल्लाको कविलासी नगरपालिकाले २०८० माघ १० गते लेखेको पत्र उनीसँग थियो। नगरपालिकाले ‘वार्ड नं ७ सिरसिया बस्ने विजय बरहीकी आमालाई ब्लड क्यान्सर लागेको र उनको भरतपुर अस्पतालमा उपचार भइरहेको’ ब्यहोरा पत्रमा उल्लेख गरेको थियो। आर्थिक सहयोग गरिदिन त्यही पत्रमार्फत सिफारिस गरेको थियो। उक्त पत्रमा ती बालकका बुवाको ४ वर्ष अघि नै निधन भएको ब्यहोरा समेत उल्लेख गरिएको थियो।

एउटा अबोध बालक आमाको क्यान्सर रोगको उपचारका लागि एका बिहानै राजधानीका घरघर चहार्दै हिँड्नु परेको छ। संयोगवश उनी गणतन्त्र दिवसकै दिन पङ्क्तिकारको घरमा आइपुगेका थिए।

बिरामी आमाको तस्बिरसमेत रहेको र नगरपालिकाले सहीछाप लगाएको त्यो पत्र ती अबोध बालकले एउटा पुरानो रजिस्टर भित्र च्यापेर हिँडिरहेका थिए। उनीहरूले त्यही पत्र देखाएर घरघर पुगेर सहयोगको याचना गरिरहेका थिए। साथमा रहेकी ती बालिका भोक लाग्यो भन्दै आमाको काखमा रोइरहेकी थिइन। एकातिर मधेसको एउटा गरिब परिवारको त्यो बिचल्ली अर्कोतिर टुँडिखेलमा गणतन्त्र दिवसको भव्य कार्यक्रम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *