कतारकी राजकुमारी थानीले गरिन अन्नपूर्ण हिमालको आरोहण

काठमाडाैं । कतारकी राजकुमारी शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएकाे छ ।

इलाइट एक्सपिडिसन मार्फत थानीले शनिबार ८ हजार ९१ मिटर अग्लो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएकाे हाे । पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो ।

यो आरोहणसँगै विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्ने थानी पहिलो कतारी महिला बन्नु भएकाे हाे । थानीसहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जीले पनि अन्नपूर्ण आरोहण गरेका छन् ।

राजकुमारी थानीले यसअघि सगरमाथा, धवलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु हिमालको आरोहण गरिसक्नुभएकाे छ । थानी गत फागुन २२ गते अन्नपूर्ण हिमाल आरोहणका लागि म्याग्दी पुग्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *